१० अर्ब लगानी गर्ने कार्ल्सबर्गको प्रतिबद्धता

कम्पनीले दिगो विकास, स्थानीय उत्पादन सुदृढीकरण र दीर्घकालीन साझेदारी विस्तारमा जोड दिएको बताएको छ ।

वैशाख १०, २०८३

कान्तिपुर संवाददाता

Carlsberg's commitment to invest 10 billion

काठमाडौँ — नेपाललाई कार्ल्सबर्ग ग्रुपले १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाललाई रणनीतिक रूपमा प्राथमिकता प्राप्त बजारका रूपमा लिएको जनाउँदै कम्पनीले दिगो विकास, स्थानीय उत्पादन सुदृढीकरण र दीर्घकालीन साझेदारी विस्तारमा जोड दिएको बताएको छ ।

कार्ल्सबर्ग ग्रुपले नेपालमा जल स्रोत संरक्षणमा आफ्नो ध्यान अझ सुदृढ बनाएको छ । डब्लूडब्लूएफ डेनमार्कसँगको साझेदारीमार्फत कम्पनीले पानीको दिगो व्यवस्थापनमा जोड दिएको हो । ब्रुअरी उद्योगका लागि पानी अत्यन्त महत्वपूर्ण स्रोत भएकाले कम्पनीले पानीको दक्ष उपयोगसँगै भू–जल पुनर्भरण र सिमसार क्षेत्र पुनर्स्थापनामा काम अघि बढाएको जनाएको छ । यी प्रयास दीर्घकालीन वातावरणीय दिगोपन सुनिश्चित गर्ने रणनीतिक योजनाअन्तर्गत सञ्चालन भइरहेको कम्पनीको भनाइ छ ।  

कान्तिपुर

Link copied successfully