दिवस कुमार थप ४ वर्षका लागि फोनपेको सीईओ 

उनले फोनपेको प्रारम्भिक टोलीको एक सदस्यका रूपमा प्रमुख प्रविधि अधिकृतको भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए ।

वैशाख ८, २०८३

कान्तिपुर संवाददाता

Divas Kumar appointed CEO of PhonePe for another 4 years

काठमाडौँ — फोनपे पेमेन्ट सर्भिस लिमिटेड (फोनपे) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारलाई थप चार वर्षको कार्यकालका लागि पुनः नियुक्त गरेको गरेको छ ।

यसले संस्थागत नेतृत्व निरन्तरतालाई मजबुत बनाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘दिवस कुमार, जो २०२१ देखि फोनपेको नेतृत्व सम्हाल्दै आएका छन्, बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक नेतृत्वमा २० वर्षभन्दा बढीको अनुभव बोकेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

उनले फोनपेको प्रारम्भिक टोलीको एक सदस्यका रूपमा प्रमुख प्रविधि अधिकृतको भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । २०२१ मा सीईओको जिम्मेवारी सम्हालेपछि कुमारको नेतृत्वमा फोनपे आफ्नो सबैभन्दा महत्त्वपूर्ण वृद्धि चरणबाट गुज्रिएको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully