जेडी पावर गुणस्तरमा दीपल एस०५ नम्बर १ स्थानमा

एस०५ ले जेडी पावर एनईभी इनिसियल क्वालिटी स्टडीमा नम्बर १ स्थान हासिल गरेको हो ।

चैत्र ३०, २०८२

कान्तिपुर संवाददाता

Deepal S05 ranked No. 1 in JD Power quality

काठमाडौँ — दीपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ । एस०५ ले जेडी पावर एनईभी इनिसियल क्वालिटी स्टडीमा नम्बर १ स्थान हासिल गरेको हो ।

चीनको तीव्र गतिमा विस्तार भइरहेको बजारमा उपलब्ध ईभीको गुणस्तर जाँच गर्ने मामिलामा जेडी पावर सबैभन्दा आधिकारिक मापदण्ड मानिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । करिब एक वर्षअघि सार्वजनिक भएर ७० भन्दा बढी मुलुकमा करिब दुई लाख युनिट बिक्री भइसकेको दीपल एस०५ चीनबाट निर्यात हुनेमध्ये सबैभन्दा सफल ईभी रहेको कम्पनीको दाबी छ ।

४.६२ मिटर लामो र २.८८ मिटर ह्विल भएको एस०५ प्युअर ब्याट्री इलेक्ट्रिक र (बीईभी) र रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक (आरईईभी) मा उपलब्ध छ । जेडी पावरको एनईभी आईक्यूएस चिनियाँ अटोमोटिभ उद्योगको सबैभन्दा विश्वसनीय गुणस्तर जाँचमध्ये पर्ने कम्पनीको भनाइ छ ।

२०२६ को जेडी पावर जाँच चीनका ८१ सहरमा ४९ ब्रान्डका एक सय ३७ मोडेलमाथि २१ हजार एक सय ७७ जना सवारीधनीसँग प्रतिक्रिया लिएर बनाइएको कम्पनीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully