भ्यासलिन 'ग्लुटा-हाया' बजारमा

युनिलिभरअन्तर्गतको भ्यासलिन ब्रान्डले परम्परागत ढाँचाभन्दा फरक शैलीमा सडक कार्यक्रम आयोजना गर्दै उत्पादन सार्वजनिक गरेको हाे ।

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

Vaseline 'Gluta-Haya' in the market

काठमाडौँ — भ्यासलिनले नेपालमा आफ्नो नयाँ उत्पादन ‘ग्लुटा–हाया’ लाई ‘शोस्टपर स्किन’ अभियानमार्फत सार्वजनिक गरेको छ । युनिलिभरअन्तर्गतको उक्त ब्रान्डले परम्परागत ढाँचाभन्दा फरक शैलीमा सडक कार्यक्रम आयोजना गर्दै उत्पादन बजारमा ल्याएको हो ।

कार्यक्रमअन्तर्गत राजधानीका व्यस्त सार्वजनिक स्थानहरूमा पूर्वजानकारीविना अचानक गुलाबी कार्पेट बिछ्याइएको थियो । अप्रत्याशित रूपमा गरिएको यस प्रस्तुतिले सर्वसाधारणको ध्यान तानेको थियो ।

कार्यक्रममा कलाकार अन्नपूर्णा शर्मा, कविता नेपाली र मलिका माहतले उक्त कार्पेटमा हिँड्दै उपस्थित दर्शकको ध्यान केन्द्रित गरेका थिए । अचानक देखिएको दृश्यले वरपरको सामान्य गतिविधि रोकिँदा धेरैले उत्सुकताका साथ अवलोकन गरेका थिए।

कम्पनीकी वितरण प्रमुख सुरभि गोस्वामीका अनुसार ‘शोस्टपर स्किन’ अभियानको मूल सन्देश व्यक्तिको आत्मविश्वाससँग जोडिएको छ। 'आफ्नै छालाप्रतिको विश्वासले नै मानिसलाई आकर्षणको केन्द्र बनाउँछ,' उनले भनिन् ।

नयाँ उत्पादन ग्लुटा–हाया हल्का र छिटो सोसिने सेरमयुक्त लोसन भएको कम्पनीले जनाएको छ । यसमा ग्लुटाग्लो प्रविधि र हायलुरोन प्रयोग गरिएको छ, जसले छालालाई उज्यालो र नमीयुक्त बनाउने दाबी गरिएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले युवामुखी लक्षित गर्दै प्रत्यक्ष अनुभवमा आधारित अभियान प्रभावकारी हुने बताए । ग्लुटा–हाया हाल २०० मिलिलिटर र ७० मिलिलिटरका प्याकमा बजार तथा अनलाइन किनमेल माध्यममार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully