ओमोडा जेको र आइकार मोडेलमा ११ वर्षको वारेन्टी

वारेन्टी ओमोडा ई ५, जेको जे ५, जेको जे६टी र आइकार भी २३ मोडलहरूमा उपलब्ध हुनेछ ।

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

11-year warranty on Omoda Jaco and Icar models

काठमाडौँ — ओमोडा जेको र आइकारको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले विद्युतीय सवारी (ईभी)  मोडेलहरूमा ११ वर्षे वारेन्टी घोषणा गरेको छ । ब्याट्री र मोटर कम्पोनेन्टहरूमा उपलब्ध यो वारेन्टी नेपालकै सबैभन्दा लामो ईभी वारेन्टी रहेको कम्पनीले दाबी गरेको छ । 

कम्पनीद्वारा ब्याट्रीको हकमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिँदै आएको थियो । नयाँ विस्तारित वारेन्टी कार्यक्रमअन्तर्गत अब ब्याट्रीको हकमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटर एसेम्बलीको हकमा ११ वर्ष वा २ लाख किलोमिटर (जुन पहिले आउँछ) पुर्‍याइएको छ ।

यो वारेन्टी ओमोडा  ई ५, जेको जे ५, जेको जे६टी र आइकार भी २३ मोडलहरूमा उपलब्ध हुनेछ । विस्तारित वारेन्टीअन्तर्गत ग्राहकहरूले ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्बलीमा हुने प्राविधिक त्रुटिहरूमा पूर्ण कभरेज प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

विस्तारित वारेन्टीले हाम्रा सवारी साधनहरूको उन्नत ईभी प्रविधिप्रति हाम्रो अटल विश्वास र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काएको एसपीजी अटोमोबाइल्सका निर्देशक ‍गौरव शारदाले  बताए ।

'विद्युतीय सवारीतर्फको आकर्षण बढिरहेको बेला, यस पहलले हाम्रा ग्राहकहरूमा दीर्घकालीन विश्वास र बफादारिता निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास छ,' उनले भने ।

देशभर १८ भन्दा बढी सेल्स आउटलेट र १५ वटा सर्भिस सेन्टरहरूका साथै द्रुतरूपमा विस्तार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully