पोखरामा परियोजना व्यवस्थापन क्षमता बढाउन जीआईएस तथा रिमोट सेन्सिङ सिकाइ

निर्माण व्यवसाय विकास कार्यान्वयन समिति तथा नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्य

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

GIS and remote sensing training to enhance project management capacity in Pokhara

काठमाडौँ — सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्सले सरोकारवालाको क्षमता बढाउन जीआईएस तथा रिमोट सेन्सिङ सिकाइ कार्यशाला आयोजना गरेको छ ।

नेपालको परामर्श, निर्माण क्षेत्र तथा सम्बन्धित सरकारी विभाग र मन्त्रालयअन्तर्गतका परियोजनाका सरोकारवाला निकाय, परामर्शदाता र निर्माण व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चारदिने जीआईएस तथा रिमोट सेन्सिङसम्बन्धी तालिम गरिएको आयोजकले जनाएको छ ।

यसमा निर्माण व्यवसाय विकास कार्यान्वयन समिति तथा नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्य छ ।

१३ देखि १६ चैतसम्म उक्त सिकाइ आयोजना भइरहेको छ । तालिममा परामर्शदाता इन्जिनियर, आयोजना व्यवस्थापक, प्राविधिक अधिकृत, परियोजना योजनाकार, सम्झौता व्यवस्थापक तथा परामर्श, निर्माण र सम्बन्धित सरकारी विभाग एवं मन्त्रालयका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता छ ।

प्रविधिगत व्यवस्थापकीय सुधारमार्फत नेपालको परामर्श उद्योगलाई प्रवर्द्धन र सुदृढीकरण गर्ने उद्देश्यले स्थापित सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्सले यो कार्यक्रम संस्थाको निरन्तर क्षमता विकास पहलअन्तर्गत सञ्चालन गरिएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully