ललितपुरमा रिट्रिभल मेडिसिनसम्बन्धी पाँच दिने तालिम सम्पन्न 

'रिट्रिभल मेडिसिन'मा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मेडिसिटीमा तालिम आयोजना गरिएको हो ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

Five-day training on retrieval medicine completed in Lalitpur

ललितपुर — 'रिट्रिभल मेडिसिन' सम्बन्धी 'एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ अफ ट्रेनर्स (टिओटी) पाँच दिने तालिम सम्पन्न भएको छ । 

'रिट्रिभल मेडिसिन'मा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मेडिसिटीमा तालिम आयोजना गरिएको हो ।

रिटिभल मेडिसिन भनेको गम्भीर बिरामीलाई एक स्थानबाट अर्को स्थानमा सुरक्षित रूपमा स्थानान्तरण गर्दै जाँदा आवश्यक पर्ने उन्नत आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने चिकित्सा शाखा हो । यसमा विशेषगरी प्रि-हस्पिटल केयर, एम्बुलेन्स सेवा, हेलिकप्टर रेस्क्यु तथा ट्रान्सफरका क्रममा बिरामीको जीवन रक्षा गर्ने सीपहरू समावेश हुन्छन् ।

तालिममार्फत चिकित्सक, नर्स तथा प्यारामेडिक्सलाई आपतकालीन चिकित्सा सेवा तथा प्रि-हस्पिटल केयर विशेषगरी हेलिकप्टर रेस्क्यु सम्बन्धी दक्ष बनाउने प्रयास गरिएको छ । साथै, तालिमले सहभागीहरूलाई भविष्यमा अन्य स्वास्थ्यकर्मीलाई तालिम दिन सक्ने प्रशिक्षकका रूपमा तयार पार्ने प्रयास गरिएको आयोजकले जनाएको छ । 

नेपाल मेडिसिटीका इमर्जेन्सी तथा हाई अल्टिट्युड सर्भिस चिफ डा. सञ्जय कार्कीले तालिममा सहभागीहरूलाई आपतकालीन अवस्थामा बिरामीको सुरक्षित स्थानान्तरण, दबाबपूर्ण परिस्थितिमा क्षमता तथा प्रि-हस्पिटल सेवामा आवश्यक सीपहरू प्रदान गरिएको जानकारी दिए । उनका अनुसार, तालिमले सहभागीहरूलाई 'रिट्रिभल मेडिसिन' सम्बन्धी अन्तर्राष्ट्रियस्तरको अध्ययनका लागि तयार पारिएको र भविष्यमा ग्लास्गोबाट उक्त विषयमा डिग्री हासिल गर्न सक्षम बनाउनेछ ।

कार्यक्रममा सहभागीहरूमध्ये करिब ९० प्रतिशत चिकित्सक रहेका थिए भने बाँकी नर्स तथा प्यारामेडिक्स रहेका थिए । ग्रान्डी, नर्मिक, ह्याम्स, नेपाल मेडिसिटी र नारायणी बयोद्या अस्पतालका चिकित्सकहरूका पोखरा, लुम्बिनी र वीरगन्जबाट पनि स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

कान्तिपुर

Link copied successfully