कोमेन चीनको सबैभन्दा ठूलो र तीव्र रुपमा विकास भइरहेको मेडिकल उपकरण कम्पनीहरूमध्ये एक हो । यसका उत्पादन १५० भन्दा बढी देशमा प्रयोग भइरहेको र विश्वका हजारौं अस्पतालमा जडान भएका छन् ।
What you should know
काठमाडौँ — सेनजेन कोमेन मेडिकल इन्सट्रुमेन्ट क.लि (कोमेन) का अध्यक्ष यी योङ्ग नेतृत्वको टोलीले नेपाल भ्रमण गरेको छ । नेपालमा तीव्र गतिमा विकसित भइरहेको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्ने उदेश्यले कम्पनीका अध्यक्षको नेतृत्वमा भ्रमण गरेको हो ।
भ्रमणले नेपालको स्वास्थ्य पूर्वाधारलाई सुदृढ बनाउने दिशामा एक महत्वपूर्ण कदम पूरा गर्नुका साथै कम्पनीको दीर्घकालीन प्रतिबद्धतामा नयाँ अध्याय थपेको जारी विज्ञप्तिमा उल्लेख छ ।
कोमेन चीनको सबैभन्दा ठूलो र तीव्र रुपमा विकास भइरहेको मेडिकल उपकरण कम्पनीहरूमध्ये एक हो । यसका उत्पादन १५० भन्दा बढी देशमा प्रयोग भइरहेको र विश्वका हजारौं अस्पतालमा जडान भएका छन् । कम्पनीले अनुसन्धान तथा विकासमा ठूलो लगानी गरेका कारण यसका उत्पादन अत्याधुनिक, भरपर्दो र चिकित्सकीय रूपमा प्रभावकारी मानिन्छ ।
कोमेनको नेपाल वितरकमा डब्लुआरजी मेडटेक सोलुसनस् प्रालि नियुक्त
यसै क्रममा, कोमेनले नेपालको डब्लुआरजी मेडटेक सोलुसनस् प्रालिलाई आधिकारिक राष्ट्रिय वितरक (सुपर डिस्ट्रिब्युटर) तथा साझेदारको रूपमा नियुक्त गरेको छ । यसले देशभर उन्नत मेडिकल प्रविधि पहुँच विस्तार गर्ने लक्ष्यसहित रणनीतिक साझेदारीलाई थप मजबुत बनाएको छ ।
डब्लुआरजी मेडटेकले हालका सब-डिस्ट्रिब्युटर तथा च्यानल पार्टनरहरूसँग समन्वय गर्दै बजार विकास, वितरण रणनीति, प्राविधिक सहयोग तथा बिक्रीपछिको सेवा व्यवस्थापन गर्नेछ । यस कदमले सञ्चालन प्रक्रियालाई सुव्यवस्थित बनाउँदै देशभर सेवा दक्षतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा कोमेनको प्रतिनिधिमण्डलले काठमाडौंका विभिन्न अस्पतालको अवलोकन गरेको थियो । जहाँ अस्पताल व्यवस्थापन, चिकित्सक तथा क्लिनिकल विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेको थियो । यसक्रममा बिरामी निगरानी, आईसीयू समाधान, क्रिटिकल केयर तथा नवजात शिशु स्याहारसम्बन्धी उन्नत उपकरणहरूको प्रस्तुति गरिएको थियो, जसले स्वास्थ्यकर्मीहरूबाट सकारात्मक चासो प्राप्त गर्यो ।
अध्यक्ष यीले कोमेनको नेपालप्रतिको प्रतिबद्धता केवल उपकरण आपूर्तिमा सीमित नभई शिक्षा, तालिम तथा प्राविधिक सहकार्यमार्फत दीर्घकालीन क्लिनिकल साझेदारी विकास गर्ने रहेको बताए । कार्यक्रममा उनले डब्लुआरजी मेडटेकलाई सुपर डिस्ट्रिब्युटरका रूपमा गरिएको साझेदारीले दीर्घकालीन वृद्धि र नवप्रवर्तनका लागि रणनीतिक आधार तयार गर्ने उल्लेख गरे ।
डब्लुआरजी मेडटेकका प्रतिनिधिहरूले देशभर भरपर्दो सेवा सञ्जाल निर्माण गर्न सब-डिस्ट्रीब्युटरहरूसँग समन्वय गर्दै स्वास्थ्य सेवा प्रदायकहरूसँग नजिकबाट सहकार्य गर्ने योजना रहेको बताएका छन् । जसले उपकरणहरूको सहज आपूर्ति र मर्मतसम्भार सुनिश्चित गर्नेछ ।
