सिद्धार्थ बैंकद्वारा 'ग्लोबल मनी विक' मा विद्यार्थीलाई वित्तीय शिक्षा

मार्च १६ देखि २२ सम्म मनाइएको साताव्यापी अभियानअन्तर्गत बैंकले सातै प्रदेशका विद्यालय र क्याम्पसमा ३८ स्थानमा विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

Siddhartha Bank provides financial education to students at 'Global Money Week'

काठमाडौँ — सिद्धार्थ बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा देशभर वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित विविध कार्यक्रम आयोजना गरेको छ ।

 

मार्च १६ देखि २२ सम्म मनाइएको साताव्यापी अभियानअन्तर्गत बैंकले सातै प्रदेशका विद्यालय र क्याम्पसमा ३८ स्थानमा विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ती कार्यक्रममार्फत २ हजार १ सय ७१ विद्यार्थी सहभागी भएका थिए ।

 

बैंकका अनुसार कार्यक्रममा आफ्ना सेवा, डिजिटल कारोबार तथा त्यससँग सम्बन्धित सावधानीका विषयमा जानकारी दिइएको थियो । विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप तथा व्यवहार सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

 

यसैगरी, ४ सय ७८ विद्यार्थीलाई बैंकिङ प्रणालीबारे व्यावहारिक ज्ञान दिन विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । समग्रमा ५१ वटा कार्यक्रममार्फत २ हजार ६ सय ४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ ।

 

वित्तीय सेवामा सर्वसाधारणको पहुँच बिस्तार गर्दै नागरिकलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यसहित यस्ता कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ । साताभर सामाजिक सञ्जालमार्फत समेत जानकारीमूलक सामग्री प्रकाशन गरिएको थियो ।


 

कान्तिपुर

Link copied successfully