क्षितिजलाई ‘मिस्टर रामापिथेकस’ उपाधि

‘मिस्टर रामापिथेकस’ पुरुष बडीबिल्डिङ तथा महिला एथलेटिक फिजिक प्रतियोगिता २०८२ को उपाधि काठमाडौंका क्षितिज थापा र शीला ठकुरीले जितेका छन् ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

Kshitij awarded 'Mr. Ramapithecus' title

What you should know

काठमाडौँ — बुटवलमा सम्पन्न ‘मिस्टर रामापिथेकस’ पुरुष बडीबिल्डिङ तथा महिला एथलेटिक फिजिक प्रतियोगिता २०८२ को उपाधि काठमाडौंका क्षितिज थापा र शिला ठकुरीले जितेका छन् ।

थापाले हेभीवेटतर्फ उत्कृष्ट प्रदर्शन गर्दै समग्र उपाधि हात पारे । उपाधिसँगै उनले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा विभिन्न तौल समूहअन्तर्गत ७० खेलाडी सहभागी थिए ।

५५ केजीतर्फ सुनिल आले पहिलो, सागर बिके दोस्रो र अर्जुन भट्ट तेस्रो भए । ६० केजी समूहमा सुरेश दुवालले स्वर्ण जित्दा राजेन्द्र सुनार दोस्रो र धर्मराज खापुङ तेस्रो स्थानमा रहे ।

६५ केजीमा नमराज डुम्रे पहिलो, योगेश गुरुङ दोस्रो र नामगेल लामा तेस्रो भए । ७० केजी समूहमा माधव सुवेदीले शीर्ष स्थान हात पार्दा अनिश रसाइली दोस्रो र सुसन श्रेष्ठ तेस्रो भए । ७० केजीमाथि हेभीवेटतर्फ क्षितिज थापा पहिलो, दीपजंग रोका मगर दोस्रो र सुरज डंगोल तेस्रो भए ।

महिला एथलेटिक फिजिकतर्फ शिला ठकुरीले उपाधि जितिन् । चुनकुमारी पुन दोस्रो र रविना कुँवर तेस्रो स्थानमा रहे । लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विजेतालाई विभिन्न अतिथिहरूले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार नगरपालिकाले लगानी बढाउँदै आएको बताए । संघका अध्यक्ष श्रेष्ठले बुटवलमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने दशकौं पुरानो लक्ष्य पूरा भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

उक्त अवसरमा शारीरिक सुगठन खेलको विकासमा योगदान पुर्‍याएका स्व. सरोज श्रेष्ठ, प्रतापकाजी वरिया, श्याम श्रेष्ठ र निर्मला महर्जनलाई सम्मान गरिएको थियो ।

कान्तिपुर

Link copied successfully