नेपाल मेडिसिटीमा रिट्रिभल मेडिसिन तालिम सुरु

स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिससँगको सहकार्यमा सुरु भएको यो तालिमले हेलिकोप्टरबाट बिरामीको सुरक्षित स्थानान्तरण विधि सिकाउनेछ ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

Retrieval Medicine Training Begins at Nepal Medicity

काठमाडौँ — नेपाल मेडिसिटी अस्पतालले ‘एडभान्स्ड ट्रेनिङ एन्ड ट्रेनिङ फर ट्रेनर्स इन रिट्रिभल मेडिसिन’ तालिम सुरु गरेको छ । स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिससँगको सहकार्यमा पहिलोपटक यस्तो तालिम आयोजना गरेको अस्पतालले जनाएको छ ।

तालिम २३ देखि २७ मार्चसम्म सञ्चालन हुनेछ । गम्भीर बिरामीको सुरक्षित स्थानान्तरण र उपचार प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । हेलिकोप्टरमार्फत उद्धार र उपचारका विधिमा विशेष अभ्यास गराइने जनाइएको छ ।

नेपालको भौगोलिक अवस्थाका कारण हेलिकोप्टर सेवा अत्यावश्यक भएको चिकित्सकहरूले बताएका छन् । हालसम्म हजारौँ बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गरिएको अस्पतालले जनाएको छ । तालिममा विभिन्न अस्पताल तथा संस्थाबाट स्वास्थ्यकर्मी सहभागी छन् ।

कान्तिपुर

Link copied successfully