यामाहाको हाइब्रिड मोटरसाइकल

काठमाडौंमा आयोजित एक कार्यक्रममा एफजेड सिरिजबाट आएको हाइब्रिड मोटरसाइकल अनावरण गरियो ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Yamaha's hybrid motorcycle

काठमाडौँ — यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल सार्वजनिक गरेको छ ।

यसले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा एफजेड सिरिजबाट आएको हाइब्रिड मोटरसाइकल अनावरण गरियो ।

‘जुन सन् २००८ मा लन्च भएदेखि नै प्रदर्शन र सडक उपस्थितिका लागि परिचित मोडल हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो बलियो विरासतलाई निरन्तरता दिँदै यामाहाले प्रमाणित १४९ सीसी फ्युल–इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको उन्नत हाइब्रिड प्रणाली प्रस्तुत गरेको छ ।’

यो नेक्स्ट–जेनेरेसन हाइब्रिड प्रणालीले परम्परागत दक्षताका अलावा थप क्षमता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्टमार्फत उच्च गतिको एक्सेलेरेसन, सहज स्टार्ट–स्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully