कर्मचारी भर्ती गर्न ‘इन्टरभ्यु एजेन्ट’ लागू गर्दै फ्युजमसिन्स र ट्यालेन्ट कनेक्ट्स

फ्युजमसिन्स र ट्यालेन्ट कनेक्ट्सको साझेदारीपछि 'इन्टरभ्यु एजेन्ट' एआई प्रविधिको प्रयोगमार्फत अन्तर्वार्ताका प्रश्नहरू सोध्नेदेखि उत्तर र कार्यसम्पादन मूल्यांकन गरिने भएको छ ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Fuzemachines and Talent Connects implementing 'Interview Agent' to recruit employees

What you should know

काठमाडौँ — रोजगारीका लागि उम्मेदवार छनोट गर्ने प्रक्रियालाई स्मार्ट र प्रभावकारी बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग सुरू गरिएको छ । अमेरिकी स्टक एक्सचेन्ज ‘नास्डाक’मा सूचीकृत नेपाली मूलको कम्पनी फ्युजमसिन्स र कर्मचारी भर्तीसम्बन्धी ‘ट्यालेन्ट कनेक्ट्स’ कम्पनीबीच भएको साझेदारीसँगै ‘इन्टरभ्यु एजेन्ट’ नामक एआई प्रविधिको प्रयोग सुरू गर्न लागिएको हो ।

उक्त एआई एजेन्टले अन्तर्वार्ताका क्रममा उपयुक्त प्रश्नहरू सोध्न, उत्तर मूल्याङ्कन गर्न र कार्यसम्पादन मूल्यांकन गर्न मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ । यसबाट कम्पनीका प्रबन्धकहरूले व्यवस्थित र तथ्यपरक ढंगले उम्मेदवार छनोट गर्न सक्ने अपेक्षा गरिएको छ । ट्यालेन्ट कनेक्ट्सले हालै 'शार्क ट्याङ्क नेपाल' बाट पनि लगानी प्राप्त गरेको थियो । यो सहकार्यले नेपालमा एआई प्रविधिको व्यावहारिक प्रयोगलाई नयाँ उचाइमा पुर्‍याउने र डिजिटल रूपान्तरणलाई गति दिने विश्वास गरिएको छ । 

ट्यालेन्ट कनेक्ट्सले क्लाउडमा आधारित 'एप्लिकेन्ट ट्र्याकिङ सिस्टम' (एटीएस) र ट्यालेन्ट म्यानेजमेन्ट प्लाटफर्म सेवा प्रदान गर्दै आएको छ । यस प्लाटफर्मले विभिन्न संस्थाहरूलाई कर्मचारी नियुक्त गर्नुअघि  स्क्रिनिङ गर्न, अन्तर्वार्ता तय गर्न र कर्मचारी भर्ना प्रक्रियालाई व्यवस्थित गर्न सहयोग पुर्‍याउने दाबी गरिएको छ । यस कम्पनीले हालसम्म विश्वका ३०० भन्दा धेरै व्यवसायहरूसँग साझेदारी गरेको विज्ञप्तीमा भनिएको छ ।  यसका कार्यालयहरू ललितपुर तथा अमेरिकाको वायोमिङमा छन् ।  

फ्युजमसिन्सका सीईओ समीर मास्केका अनुसार यो सहकार्यले संस्थाहरूको कर्मचारी भर्ना प्रक्रियामा आधुनिक एआई प्रविधि प्रयोग विस्तार गर्ने बताएका छन् । ट्यालेन्ट कनेक्ट्सका प्रबन्ध निर्देशक दिवस थापाले पनि नयाँ प्रविधिले कर्मचारी छनोट प्रक्रियालाई छिटो र स्मार्ट बनाउने विश्वास व्यक्त गरेका छन् । 

कान्तिपुर

Link copied successfully