कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड आयोजना गर्न लागिएको हो । कार्यक्रम मार्च २१ को दिउँसो ३ बजेदेखि इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजना हुनेछ ।
इटहरी — नयन मिडिया फाउन्डेसनले आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आगामी चैत ७ गते (मार्च २१) मा हुने भएको छ ।
कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड आयोजना गर्न लागिएको हो । कार्यक्रम मार्च २१ को दिउँसो ३ बजेदेखि इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजना हुनेछ ।
कोशी एक्सिलेन्स अवार्ड यसपटक अझ भव्य र आकर्षक रूपमा हुने आयोजकको दाबी छ । कार्यक्रममा सहभागी हुन रजिस्ट्रेशन गर्ने सबै अतिथिलाई आयोजकको हस्पिटालिटी पार्टनर सोल्टी वेस्टेन्ड होटेलले ‘सोल्टी हेरिटेज क्लब’को विशेष सदस्यता कार्ड प्रदान गर्ने जनाइएको छ । उक्त सदस्यता कार्डमार्फत होटेलका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नयन मिडिया फाउन्डेसनका प्रमुख कार्यकारी निर्देशक माधव सुवेदीका अनुसार कार्यक्रमलाई अझ सहभागीमैत्री, व्यवस्थित र आकर्षक बनाउन होटेलसँग यस्तो सहकार्य गरिएको हो । उनले सोल्टी वेस्टेन्डसँगको साझेदारीले अवार्ड समारोहलाई थप प्रभावकारी र यादगार बनाउने विश्वास व्यक्त गरे ।
अवार्ड समारोहमा १६ विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई अवार्ड गरिने आयोजकले जनाएको छ । कृषि तथा फार्मिङ इनोभेसन, बैङ्किङ तथा फाइनान्सियल सर्भिस, कर्पोरेट बिजनेस लिडरसिप, शिक्षा तथा एकेडेमिक एक्सिलेन्स, स्वास्थ्य तथा मेडिकल केयर, साहित्य तथा आर्ट्स एन्ड राइटिङ, मिडिया तथा जर्नालिजम, सामाजिक कार्य, खेलकुद, स्टार्टअप इनोभेसन, प्रविधि, पर्यटन तथा हस्पिटालिटी, अटोमोबाइल, सङ्गीत तथा क्यापिटल मार्केटलगायत क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्व तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ ।
कार्यक्रममा १६ विधामा अवार्ड प्रदान गरिने छ । कोशी प्रदेशमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व तथा दीर्घकालीन योगदान दिने व्यक्ति तथा संस्थालाई पहिचान गरी सम्मान गर्ने उद्देश्यले यो अवार्ड सञ्चालन गरिएको हो । कार्यक्रममा विभिन्न संघ–संस्थामार्फत विशेष योगदान पुर्याएका कोशी प्रदेशका व्यक्ति तथा संस्थाहरूलाई समेत विशेष सम्मान गरिने जनाइएको छ ।
गत वर्ष सम्पन्न पहिलो संस्करणले स्थापित गरेको गरिमा र विश्वासलाई निरन्तरता दिँदै दोस्रो संस्करणलाई अझ प्रभावकारी र सन्देशमूलक बनाउने लक्ष्य आयोजकले लिएको छ । फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले कार्यक्रमको झन्डै ८० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिए ।
