अभियानअन्तर्गत देशभरका उपभोक्ताले पनि सहभागी हुने अवसर पाउनेछन् । अभियानका लागि बनाइएको विशेष माइक्रोसाइटमार्फत मानिसले आफ्नो मनपर्ने म:म: पसल खोज्न, मूल्यांकन गर्न र मोमो खाँदाका आफ्ना अनुभव व्यक्त गर्न सक्न कम्पनीले जनाएको छ ।
काठमाडौँ — कोकाकोलाले नेपालमा ‘म:म: फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ ।
कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसले नेपालीहरूको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रूपमा मनाउन लागेको बताइएको छ ।
‘अभियानको मुख्य आकर्षण एउटा नयाँ डिजिटल कार्यक्रम हो, जसले देशभर घुम्दै नेपालका सबैभन्दा लोकप्रिय मोमो पाइने स्थानहरू खोज्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सहरका चर्चित रेस्टुरेन्टदेखि टोल–छिमेकमा लुकेका तर उत्कृष्ट मोमो पसलसम्म पुग्ने, नेपालमा म:म:को समृद्ध संस्कृतिलाई चिनाउने र ती स्थानका विशेष स्वाद चाख्ने अवसर दिने तथा पसल सञ्चालन गर्ने उत्साही व्यवसायीसँग भेट्न र हरेक स्थानलाई विशेष बनाउनेलगायतका अनौठा कथा पनि प्रस्तुत गरिनेछ ।’