ग्लोबलको ‘नन रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’

बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बिहीबार बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरे ।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

Global's 'Non-Resident and Overseas Banking Department'

काठमाडौँ — विदेशमा बसोबास गरिरहेका नेपालीका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ग्लोबल आईएमई बैंक लिमिटेडले ‘नन रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ सञ्चालनमा ल्याएको छ ।

बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बिहीबार बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरे ।

नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकलाई विशेष ग्राह्यताका साथ एकद्वार प्रणालीमार्फत सेवा प्रदान गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागबाट विदेशमा रहेका नेपालीलाई सम्पूर्ण बैंकिङ सेवा (बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङसम्बन्धी सेवा प्रदान गर्ने, पुँजी बजार तथा पोर्टफोलियो व्यवस्थापनलगायत) उपलब्ध गराइने बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully