पोखरा एनसेल सेन्टर पुनः सञ्चालनमा 

सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेन–जी आन्दोलनका बेलामा तोडफोड हुँदा बन्द थियो ।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Pokhara Ncell Center reopens

काठमाडौँ — एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेन–जी आन्दोलनका बेलामा तोडफोड हुँदा बन्द थियो ।

बिहीबार एक कार्यक्रममाझ सेन्टरको उद्घाटन गरिएको छ । एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यमप्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरे । सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रूपमा ग्राहक सेवा एक तलामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो ।

‘पोखरा सेन्टर बन्द हुँदा ग्राहकमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्दै निरन्तर सेवा प्रदान गर्न पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याउन पाएकामा खुसी छौं,’ दाहालले भनिन् । कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुनः सञ्चालनमा ल्याएको बताएको छ । यो सेन्टरबाट ग्राहकले सबै ग्राहक सेवा प्राप्त गर्न सक्ने दाहालको भनाइ छ । 

कान्तिपुर

Link copied successfully