ग्लोबल म्याथ डिबेट लिग सम्पन्न

ग्लोबल म्याथ डिबेट लिगले आयोजना गरेको राष्ट्रिय चरण ललितपुरस्थित द प्लाजामा सम्पन्न भएको हो ।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Global Math Debate League concludes

काठमाडौँ — ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप ललितपुरमा सम्पन्न भएको छ । ग्लोबल म्याथ डिबेट लिगले आयोजना गरेको राष्ट्रिय चरण ललितपुरस्थित द प्लाजामा सम्पन्न भएको हो ।

झापा, विराटनगर, चितवन, लुम्बिनी, पोखरा र काठमाडौंबाट सुरु भएको यो शैक्षिक यात्रा राष्ट्रियस्तरको सर्किटका रूपमा विस्तार हुँदै आएको लिगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘गणित विषयमा नयाँ ढंगले तर्क र बहस गर्ने नेपालको पहिलो मञ्चका रूपमा यसले विशेष पहिचान बनाउन सफल भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

शैक्षिक संस्था एमबार्क अनम्याथको नेतृत्वमा सञ्चालित अभियानले विद्यालयमा गणित पढाउने र बुझ्ने परम्परागत शैलीलाई फरक आयाम दिएको दाबी गरिएको छ । ‘यहाँ छिटो उत्तर निकाल्नु वा सही जवाफ दिनु मात्र महत्त्वपूर्ण हुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीले आफ्नो उत्तर किन सही हो भन्ने स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ ।’ क्षेत्रीय चरण सम्पन्न भएपछि झापा, विराटनगर, चितवन, पोखरा र बुटवलबाट उत्कृष्ट टोली राष्ट्रिय मञ्चमा प्रतिस्पर्धाका लागि पुगेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully