फोनपेको 'सक्षम नारी' अभियान सार्वजनिक

यो अभियान सन् २०२६ मार्च १ देखि ३१ सम्म सञ्चालन हुनेछ ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

PhonePe's 'Empowered Women' campaign unveiled

What you should know

काठमाडौँ — फोनपेले आफ्नो वार्षिक अभियान 'सक्षम नारी' को तेस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक गरेको छ । डिजिटल वित्तीय समावेशीकरणमार्फत महिलामा वित्तीय आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियान सन् २०२६ मार्च १ देखि ३१ सम्म सञ्चालन हुनेछ । अभियानले महिलालाई केवल वित्तीय पहुँचमा सीमित नराखी, ती उपकरणहरूलाई आत्मविश्वासका साथ प्रयोग गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।

नेपालमा आज पहिलेभन्दा धेरै महिलाले वित्तीय सेवामा पहुँच पाएका छन् । तर पहुँच मात्रले सशक्तीकरण सुनिश्चित गर्दैन। फोनपेको अनुभवअनुसार वास्तविक अन्तर उपलब्धतामा होइन, विश्वास, समझदारी र प्रयोगमा रहेको छ। “सक्षम नारी” अभियान यही अन्तरलाई सम्बोधन गर्दै क्रेडिटप्रतिको धारणा परिवर्तन गर्न र जिम्मेवार वित्तीय निर्णयलाई प्रोत्साहन गर्न केन्द्रित छ।

'साँचो वित्तीय समावेशीकरण भनेको मानिसलाई केवल सेवा उपलब्ध गराउनु मात्र होइन, ती सेवा प्रयोग गरेर आफ्नो जीवन सुधार्न सक्ने आत्मविश्वास दिनु हो । सक्षम नारीमार्फत हामी महिलालाई हिच्किचाहटबाट आत्मविश्वासतर्फ र डरबाट आर्थिक स्वतन्त्रतातर्फ अघि बढ्न सहयोग गरिरहेका छौँ,' फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने ।

यो अभियान सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडसँगको सहकार्यमा सञ्चालन भइरहेको छ। सहभागी बैंकका योग्य महिला ग्राहकहरूले आफ्नो फोनपे क्रेडिट कार्ड सक्रिय गरी अभियान अवधिभित्र न्यूनतम तीनवटा कारोबार पूरा गरेर सहभागिता जनाउन सक्नेछन् । यो पहल नयाँ तथा विद्यमान दुवै प्रयोगकर्ताका लागि खुला छ, जसमा पहिलोपटक प्रयोग सुरु गर्नेहरूलाई विशेष रूपमा प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ ।

अभियानअन्तर्गत फोनपेले साजुना ज्वेलर्ससँग सहकार्य गर्दै आकर्षक उपहारहरू घोषणा गरेको छ । प्रत्येक सहभागी बैंकबाट पाँच जना भाग्यशाली विजेताले विशेष डायमण्ड गहना सेट प्राप्त गर्नेछन् । यो मुख्य उपहार अभियान अवधिमा पहिलोपटक फोनपे क्रेडिट कार्ड सक्रिय गर्ने नयाँ प्रयोगकर्ताहरूका लागि मात्र हुनेछ । साथै, प्रत्येक बैंकबाट ५० जना भाग्यशाली विजेताले ५ हजार रुपैयाँ बराबरको छुट भौचर प्राप्त गर्नेछन् । सहभागिता मापदण्ड पूरा गर्ने नयाँ तथा पुराना दुवै प्रयोगकर्ता यस पुरस्कारका लागि योग्य हुनेछन्।

कान्तिपुर

Link copied successfully