जावलाखेल डिस्टिलरीको 'रुस्लान-रिफ्रेसिङ अल्कोहोलिक पेय' बजारमा

२७५ मिलिलिटरको आकर्षक क्यानमा उपलब्ध 'रुस्लान-रिफ्रेसिङ अल्कोहोलिक पेय'को मूल्य प्रतिक्यान २२५ रुपैयाँ तोकिएको छ ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Jawalakhel Distillery's 'Ruslan - Refreshing Alcoholic Drink' hits the market

काठमाडौँ — जावलाखेल डिस्टिलरीले नेपालको रेडी–टु–ड्रिंक (आरटीडी) श्रेणीमा नयाँ  'रुस्लान-रिफ्रेसिङ अल्कोहोलिक पेय' बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा यो उत्पादन ल्याइएको हो । ‘रुस्लान’ को पहिलो संस्करण ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) सहित विशेषगरी फरक सोच र नयाँ अनुभव खोज्ने युवापुस्तालाई लक्षित गरेर तयार गरिएको जनाएको छ।

विश्वव्यापी रूपमा लोकप्रिय सफ्ट पेय स्वादमध्ये पर्ने ‘पीच आइस टी’ लाई अल्कोहोलिक स्वरूपमा रूपान्तरण गर्दै यसलाई आधुनिक र सहज रूपमा पिउन मिल्ने पेयका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। ५ प्रतिशत अल्कोहोल मात्राले परिचित स्वादलाई नयाँ अनुभवमा रूपान्तरण गर्ने प्रयास गरिएको कम्पनीले जनाएको छ । 

२ सय ७५ मिलिलिटरको आकर्षक क्यानमा उपलब्ध यो पेय हाल काठमाडौँका पसलहरूमा प्रतिक्यान २ सय २५ रुपैयाँमा बिक्री भइरहेको छ। जावलाखेल डिस्टिलरीका अनुसार ‘रुस्लान’ ले नेपालमा आरटीडी पेयको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ। कम्पनीले यसलाई नयाँ पुस्ताको बदलिँदो जीवनशैली र सामाजिक संस्कृतिसँग जोडिएको ब्रान्डका रूपमा अघि बढाउने योजना बनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully