दिपलका ईभीमा चाङ्गान अटोमोबाइल्सले यसअघि ब्याट्रीमा ८ वर्ष वा २ लाख ४० हजार किलोमिटर तथा मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रदान गर्दै आएको थियो।
काठमाडौँ — दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपलका ईभीका ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी घोषणा गरेको छ। कम्पनीका अनुसार यो नेपालकै सबैभन्दा लामो ईभी ब्याट्री वारेन्टी हो।
दिपलका ईभीमा चाङ्गान अटोमोबाइल्सले यसअघि ब्याट्रीमा ८ वर्ष वा २ लाख ४० हजार किलोमिटर तथा मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रदान गर्दै आएको थियो। अब भने एमएडब्लु वृद्धिले ‘एक्सटेन्डेड वारेन्टी’मार्फत ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटर र मोटरमा ११ वर्ष वा २ लाख किलोमिटरसम्म वारेन्टी दिने भएको हो। यसले ईभी स्वामित्वलाई अझ चिन्तारहित बनाउने कम्पनीको दाबी छ।
दिपलका ईभीमा विश्वकै सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सिएटीएलको गोल्डेन शिल्ड ब्याट्री तथा चीनको अनुभवी अटो निर्माता चाङ्गानका अत्याधुनिक मोटर जडान गरिएको कम्पनीले जनाएको छ।
‘एक्सटेन्डेड वारेन्टी’अन्तर्गत दिपलका ग्राहकहरूले ‘हाइ–भोल्टेज ब्याट्री पार्ट्स’, ‘सेफ्टी एन्ड कन्ट्रोल कम्पोनेन्ट’ तथा ‘म्यानुफ्याक्चरिङ डिफेक्ट’ लगायतका ‘हाइ–भोल्टेज ईभी कम्पोनेन्ट’मा वारेन्टी पाउनेछन्। यो वारेन्टीले ‘ट्र्याक्सन मोटर एसेम्बली’, ‘मोटर कन्ट्रोल युनिट’सहितको ‘इलेक्ट्रिक मोटर सिस्टम’का महत्वपूर्ण भागहरूलाई पनि समेट्ने जनाइएको छ।
एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले यो केवल एक्सटेन्डेड वारेन्टी मात्र नभई विश्वासको अभिव्यक्ति भएको बताए। “सिएटीएलको गोल्डेन शिल्ड ब्याट्री र चाङ्गानको अत्याधुनिक इलेक्ट्रिक मोटरमाथिको हाम्रो विश्वासका आधारमा नेपाली ग्राहकको ‘पिस अफ माइन्ड’लाई ध्यानमा राखेर यो एक्सटेन्डेड वारेन्टी लागू गरेका हौँ,” उनले भने ।
