स्तन र प्रोस्टेट क्यान्सरबारे जनचेतनामूलक वेबिनारमा १०२२ कर्मचारीको सहभागिता, भारतको मेदान्त अस्पतालसँग सहकार्य र सेवा शुल्कमा छुटको सुविधा पनि उपलब्ध छ ।
What you should know
काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । यस पहलअन्तर्गत क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रम हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्त्वबारे सचेतना फैलाउने उद्देश्य राखिएको छ ।
भारतको मेदान्त द मेडिसिटी अस्पताल गको सहकार्यले कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको बैंकले जनाएको छ।
कार्यक्रमअन्तर्गत सबै महिला कर्मचारीका लागि ‘स्तन क्यान्सरसम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू’ विषयक वेबिनार आयोजना गरिएको हो। उक्त वेबिनारको सहजीकरण मेदान्त अस्पतालकी स्तन क्यान्सर वरिष्ठ निर्देशक डा. कञ्चन कौरले गरेकी थिइन् । माघ १३ माआयोजित कार्यक्रममा कुल ५१३ जना महिला कर्मचारीको सक्रिय सहभागिता रहेको थियो, जसका कारण कार्यक्रम अन्तरक्रियात्मक र प्रभावकारी बन्न सफल भएको बैंकले जनाएको छ।
माघ १४, २०८२ ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीका लागि ‘प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ’ विषयक सत्र सञ्चालन गरिएको थियो। उक्त सत्रको सहजीकरण मेदान्त अस्पतालका वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले गरेका थिए । यस सत्रमा ५०९ जना कर्मचारीको सक्रिय सहभागिता रहेको थियो ।
दुवै वेबिनारले कर्मचारीलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने अपेक्षा बैंकले गरेको छ। बैंकले कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाका लागि आगामी दिनमा यस्तै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकका कार्डवाहक ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा उपलब्ध गराउने उद्देश्यले मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
