सार्पको प्रिमियम फ्रन्ट लोड वासर नेपाली बजारमा

८ केजी, ९ केजी र १० केजी गरी तीनवटा क्षमतामा २०२६ जनवरीदेखि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Sharp's premium front load washer in the Nepali market

काठमाडौँ — जापानी प्रविधिको सार्पले नेपाली बजारमा आफ्नो पहिलो प्रिमियम फ्रन्ट लोड वासर ‘प्रो–वास  भीआईपी २०२६’ सिरिज सार्वजनिक गरेको छ ।

सार्पले जापानी गुणस्तर, स्थायित्व र स्वच्छतामा आधारित अत्याधुनिक प्रविधि नेपाली घरधुरीसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ । नेपाली बजारमा स्मार्ट, स्वच्छ र टिकाउ घरायसी उपकरणको माग बढिरहेका बेला सार्प प्रो–वास भीआईपी सिरिजलाई उपयुक्त समाधानका रूपमा ल्याइएको कम्पनीको भनाइ छ ।

वासरमा अटो टब क्लिन, ब्रसरहित इन्भर्टर डीसी मोटर, १५ मिनेटको क्विक वास, डायमण्ड इनर टब जस्ता विशेषता समावेश छन् । उत्पादन सार्वजनिक गर्दै सार्प सिगांपुरका प्रबन्ध निर्देशक वु कीट चिउले नेपालका लागि यो केवल नयाँ प्रविधिको सुरुवात मात्र नभई आज र आउने पुस्ताका घरपरिवारलाई सहज जीवनशैलीतर्फ उन्मुख गराउने प्रतिबद्धताको प्रतीक भएको बताए ।

वासरमा रहेको अटो टब क्लिन प्रविधिले कपडा धुने प्रत्येक चक्रपछि मेसिनभित्र जम्मा हुने डिटर्जेन्टको अवशेष र फोहोरलाई उच्च गतिको रोटेसनमार्फत स्वतः सफा गर्ने कम्पनीले जनाएको छ । यसले हरेक धुलाई स्वच्छ र जीवाणुमुक्त हुने सुनिश्चित गर्ने दाबी गरिएको छ ।

व्यस्त जीवनशैलीलाई ध्यानमा राख्दै १५ मिनेट क्विक वास सुविधा दिइएको छ, जसले कम फोहोर भएका वा तत्काल आवश्यक कपडालाई छिटो धुने सुविधा प्रदान गर्छ । साथै, बीएलडीसी मोटर प्रयोग गरिएको यस वासरले २० प्रतिशत बढी कार्यक्षमता दिने, कम आवाज गर्ने र शक्तिशाली धुलाई प्रदान गर्ने जनाइएको छ । १४०० आरपीएम स्पिन गतिले कपडा छिटो सुकाउन मद्दत गर्ने बताइएको छ ।

कपडाको सुरक्षाका लागि ‘जायन्ट रिब्ड वेभ टब’ र ‘डायमण्ड इनर टब’ प्रयोग गरिएको छ, जसले हातले धोएजस्तै अनुभव दिने र कपडाको रेशा सुरक्षित राख्दै गहिरो दागसमेत हटाउन सहयोग गर्ने कम्पनीको दाबी छ । नेपालको आधिकारिक डिलरहरुमा ८ केजी, ९ केजी र १० केजी गरी तीनवटा क्षमतामा २०२६ जनवरीदेखि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully