संस्थागत सुशासनलाई केन्द्रमा राखेर बैंकिङ गर्नुपर्छ भन्ने धारणा राख्ने बस्यालको नेतृत्वमा बैंकले दिगो वृद्धि, ग्राहक सेवा उत्कृष्टता तथा संस्थागत सुदृढीकरण थप मजबुत हुने बैंकको विश्वास छ ।
काठमाडौँ — सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् ।
बैंकिङ क्षेत्रमा ३६ वर्षको अनुभव हासिल गरेका बस्याललाई बैंक सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो ।
नबिल बैंकका विभिन्न विभागमा रहेर काम गरिसकेको बस्याल सन् २००५ देखि सिद्धार्थ बैंक लिमिटेडमा आबद्ध भई प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विशेषगरी बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनको विशेष योगदान रहेको बैंकले जनाएको छ ।
संस्थागत सुशासनलाई केन्द्रमा राखेर बैंकिङ गर्नुपर्छ भन्ने धारणा राख्ने बस्यालको नेतृत्वमा बैंकले दिगो वृद्धि, ग्राहक सेवा उत्कृष्टता तथा संस्थागत सुदृढीकरण थप मजबुत हुने बैंकको विश्वास छ ।