मक्सी काठमाडौंमा ल्याटिन अमेरिकन अनुभव ‘ला हसिएन्डा’

यो आउटलेट केही साताअघि मात्रै दरबारमार्गमा सञ्चालनमा ल्याइएको चारतारे होटल मक्सी काठमाडौंमा सुरु भएको हो ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

Latin American Experience 'La Hacienda' in Maxi Kathmandu

What you should know

काठमाडौँ — पारम्परिक होटल अनुभवलाई पुनःकल्पना गर्दै नेपालमा पहिलोपटक सुरु भएको मक्सी काठमाडौंले शनिबारदेखि नयाँ ल्याटिन अमेरिकन रेस्टुरेन्ट ‘ला हसिएन्डा’ सुरु गरेको छ ।

आधुनिक मेक्सिकन हसिएन्डाबाट प्रभावित भई तयार गरिएको यस रेस्टुरेन्टले काठमाडौँमा समकालीन ल्याटिन अमेरिकी खाना र ककटेल अनुभव ल्याएको छ । 

ला हसिएन्डा रेस्टुरेन्टले मेक्सिकन, पेरु, र अन्य ल्याटिन अमेरिकी देशका परम्परागत स्वाद पस्कनेछ । यो आउटलेट केही साताअघि मात्रै दरबारमार्गमा सञ्चालनमा ल्याइएको चार तारे होटल मक्सी काठमाडौंमा सुरु भएको हो । 

पर्यटन व्यवसायी शशिकान्त अग्रवालका अनुसार, करिब १ अर्ब ८० करोड रुपैयाँको लगानी भएको यो होटल निर्माण कार्य तीन वर्षमा सम्पन्न भएको हो । होटलमा १०१ आधुनिक कोठा छन । यसको कुल क्षेत्रफल ४० आना रहेको छ । मक्सी काठमाडौं अग्रवाल घरानाको तेस्रो होटल हो । यसअघि काठमाडौंमा मेरियट काठमाडौं (नक्साल) र फेयरफिल्ड मेरियट (ठमेल) मा सञ्चालनमा छन्। 

मक्सी काठमाडौं मेरियट इन्टरनेसनल अन्तर्गतको आधुनिक जीवनशैलीमा आधारित होटल हो । मेरियट इन्टरनेसनल विश्वव्यापी होटल चेन हो जसमा ३० भन्दा बढी ब्राण्ड संसारभरका १० हजारभन्दा बढी गन्तव्य/सहरहरुमा सञ्चालित छन्।

मक्सीमा  खुला लाउन्ज, प्ले जोन, खेल क्षेत्र (एयर हकी, बोर्ड गेम), फिटनेस सेन्टर, खुला बार छन् । ‘ला हसिएन्डा र कारिनियो लेटीन टेरसले पाहुनालाई केवल खानाको अनुभव मात्र होइन, सांगीतिक, कलात्मक र सांस्कृतिक अनुभव पनि दिन्छ। हाम्रो लक्ष्य हो पाहुनालाई अनौठो र रमाइलो अनुभव प्रदान गर्नु हो,’ होटलका महाप्रबन्धक सुबर्ण थापाले भने ।

कान्तिपुर

Link copied successfully