'रोयल टुलिप चितवन'को महाप्रबन्धकमा तिमल्सिना

गत असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय ब्रान्डको होटलले पहिलो पटक नेपाली जीएम नियुक्त गरेको कम्पनीको दाबी छ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Timalsina appointed as General Manager of 'Royal Tulip Chitwan'

काठमाडौँ — सौराहामा सञ्चालित पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ले महाप्रबन्धकमा कृष्णप्रसाद तिमल्सिनालाई नियुक्त गरेको छ ।केटिएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित रोयल टुलिपले बिहीबारदेखि तिमल्सिनालाई महाप्रबन्धकको जिम्मेवारी दिएको हो।

गत असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय ब्रान्डको होटलले पहिलो पटक नेपाली जीएम नियुक्त गरेको कम्पनीको दाबी छ।

तिमल्सिनासँग नेपाल तथा चीनका प्रतिष्ठित अन्तर्राष्ट्रिय चेन होटल तथा रिसोर्टका नेतृत्वदायी पदमा रही काम गरेको ३० वर्षको अनुभव छ। उनले पोखराको माउन्टेन ग्लोरीलगायत विभिन्न अन्तर्राष्ट्रिय होटल चेनमा उच्च पदमा कार्य गरिसकेको कम्पनीले जनाएको छ ।

हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहले भने, 'होटल निर्माणका क्रममा स्वदेशी उत्पादनको अधिकतम प्रयोग गरिएको थियो । त्यसैगरी, जनशक्ति पनि स्वदेशी नै उपयोग गर्ने नीतिअनुसार अन्तर्राष्ट्रिय अनुभव बटुलेका तिमल्सिनालाई नियुक्त गरिएको हो।'

फ्रान्सको लुभ्र होटल्स ग्रुपसँग सहकार्य गरेर चितवनमा खुलेको होटलमा प्रायः जनशक्ति नेपाली नै रहेको उनले बताए। प्राविधिक जनशक्ति भने ब्रान्डसँग समन्वय र परामर्शमा लिइएको उनले जनाए ।

चितवन राष्ट्रिय निकुञ्जको किनारमा अवस्थित चार एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा आकर्षक ढंगले डिजाइन गरिएका आवास छन्। विशेष पुल भिला, वाटर भिला र मचान सुइटले मनमोहक दृश्य र विलासी सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully