लुम्बिनी प्यालेस रिसोर्ट अब म्यारियट ब्रान्डमा

लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले चालु आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे रिसोर्ट सञ्चालन अनुमति लिने लक्ष्य लिएको छ ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Lumbini Palace Resort now under the Marriott brand

What you should know

काठमाडौँ — लुम्बिनी प्यालेस रिसोर्टले मेरियट म्यारियट रिसोर्ट एन्ड स्पा ब्रान्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ ।

रूपन्देहीको सियारी गाउँपालिका–५ मा २०७५ सालदेखि सञ्चालनमा रहेको रिसोर्ट मेरियट इन्टरनेसनलले हेर्ने भएको हो ।

यसका लागि रिसोर्टका तर्फबाट अध्यक्ष दीपक पाण्डेय, प्रबन्ध सञ्चालक रोशनकुमार न्यौपानेलगायत सञ्चालक तथा उच्चपदस्थ पदाधिकारी र मेरियट इन्टरनेसनलका तर्फबाट एसिया–प्यासिफिक क्षेत्र हेर्ने प्रमुख सञ्चालन अधिकृत नीरज गोविल, दक्षिण एसिया विकासका वरिष्ठ उपाध्यक्ष किरण अन्दिकोट, डेभलपमेन्ट साउथ एसियाका भाइस प्रेसिडेन्ट जुही रोयलगायत उच्चपदस्थ अधिकारीको उपस्थितिमा ब्रान्ड लाइसेन्स सम्झौता गरियो ।

लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले चालु आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे रिसोर्ट सञ्चालन अनुमति लिने लक्ष्य लिएको छ । नेपालकै पर्यटन उद्योगमा नयाँ अवधारणा र सुविधासहित सञ्चालन हुने यो रिसोर्ट नेपालकै पहिलो र एक मात्र नेचर रिसोर्टका रूपमा विकास गरिने रिसोर्टको दाबी छ ।

रिसोर्टमा अत्याधुनिक तथा उच्च प्रविधियुक्त नेचर भिल्ला, नेचर स्विमिङ पुल, लक्जरी भिल्ला, थिम बेस्ड रेस्टुरेन्ट, योग तथा ध्यान केन्द्र, फिटनेस क्लब, नेचर रेस्टुरेन्ट, नेचर स्पालगायत दर्जनौं प्रकृतिमैत्री सुविधा उपलब्ध हुने रिसोर्टले जनाएको छ ।

यस लक्ष्यलाई मूर्तरूप दिन होटल व्यवस्थापन क्षेत्रमा करिब २७ वर्षभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका एन्थोनी म्याकडोनाल्डलाई एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट– अपरेसन एन्ड एसेट म्यानेजमेन्टका रूपमा व्यवस्थापन प्रमुख नियुक्त गरिएको रिसोर्टले बताएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त विज्ञलाई ब्रान्ड एसेट म्यानेजमेन्ट कन्सल्टेन्टका रूपमा समेत नियुक्त गरिएको रिसोर्टको भनाइ छ ।
 

कान्तिपुर संवाददाता

Link copied successfully