पहलअन्तर्गत गोर्खा ब्रुअरीले बोतल र क्यान, पुनः प्रयोग गर्न मिल्ने फोहोर र सुक्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिन प्रदान गरेको छ,
काठमाडौँ — गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले २७ औं पोखरा स्ट्रिट फेस्टिभलका अवसरमा विशेष अभियान चलाएका छन् ।
स्वच्छ वातावरण अभियानका लागि रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रालिसँगको सहकार्य गरिएको गोर्खा ब्रुअरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि प्रसिद्ध पोखराको पहिचान जोगाउन र पर्यटकको अनुभवलाई सुखद बनाउन सरसफाइ अपरिहार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ठूला सार्वजनिक महोत्सवहरूमा उल्लेख्य मात्रामा फोहोर संकलन हुने हुनाले सहरलाई सधैं स्वच्छ र स्वागतयोग्य राखिराख्न दिगो फोहोर व्यवस्थापनको आवश्यकता रहन्छ ।’
पहलअन्तर्गत गोर्खा ब्रुअरीले बोतल र क्यान, पुनः प्रयोग गर्न मिल्ने फोहोर र सुक्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिन प्रदान गरेको छ, जसलाई लेकसाइड क्षेत्रका विभिन्न स्थानमा राखिएको छ । यसले सर्वसाधारणलाई सही तरिकाले फोहोर विसर्जन गर्न प्रोत्साहित गरेको दाबी गरिएको छ ।
