कृषि विकासका लागि मुक्तिनाथ बैंकको नयाँ पहल

बैंकले कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिबृद्धि गर्ने उद्देश्यले 'मुक्तिनाथ एग्री फाइनान्स ३६०' कार्यक्रम गरेको छ । 

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Muktinath Bank's new initiative for agricultural development

काठमाडौँ — मुक्तिनाथ विकास बैंकको २०औं वर्ष प्रवेश गरेको अवसरमा  कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिबृद्धि गर्ने उद्देश्यले 'मुक्तिनाथ एग्री फाइनान्स ३६०' कार्यक्रम गरेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि क्षेत्रको समग्र विस्तार गर्न सबै सरोकारवालाहरुमा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिए । कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृंखलामा समन्वय, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमकिता दिने नीति र योजना बनाउन सकेमा मात्र कृषि क्षेत्रको ठोस विकास हुन सक्ने बारेमा प्रकाश पारे । 

मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले पहिले राज्य आँफैले कृषि क्षेत्र विकासको लागि मूल्य श्रृंखला विकास गर्ने प्रयास गरेको बताए । उक्त कार्यक्रममा बैंकिङ विशेषज्ञ अजय श्रेष्ठले नेपालमा कृषि उद्यम लगानीको चुनौती र अवसरहरु वषियमा प्रस्तुति दिएका थिए ।

सम्भवत: बैंकिङमै पहिलो पटक आयोजना गरिएको यस्तो कार्यक्रमले कृषि क्षेत्रका सबै सरोकारवालाहरुलाई एउटै मञ्चमा समेटी भविष्यको मार्गचित्र कोर्न सफल भएको छ । यो कार्यक्रम एउटा कोशेढुंगाको रुपमा स्थापित भएको बैंकले जनाएको छ । मुक्तिनाथ वकिास बैंकले आगामी दनिमा पनि ग्रामीण क्षेत्रको समृद्धिको लागि वित्तिय समावेशीकरण र कृषि उद्यमलाई सबल बनाउन नरिन्तर योगदान दिने प्रतबिद्धता व्यक्त गरेको छ ।

कान्तिपुर

Link copied successfully