प्रिक्साको दैलो कृषि एक्विजिसन

नेपालको खाद्य इकोसिस्टममा उपभोक्ताको विश्वास जित्ने बलियो पूर्वाधारको अभाव छ। यस साझेदारीले विश्वासलाई एउटा मार्केटिङ टुल्सका रूपमा मात्र नहेरी, यसलाई एक आवश्यक पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Prixa's Dailo Agriculture Acquisition

काठमाडौँ — नेपालको खाद्य प्रणालीमा भरोसा र विश्वासिलो पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छ।

यो कदम नेपालको कृषि क्षेत्रमा खाद्य सुरक्षा र पारदर्शिताका लागि प्रणालीगत समाधान खोज्ने प्रिक्साको दीर्घकालीन योजनाको एउटा हिस्सा रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

नेपालको खाद्य इकोसिस्टममा उपभोक्ताको विश्वास जित्ने बलियो पूर्वाधारको अभाव छ। यस साझेदारीले विश्वासलाई एउटा मार्केटिङ टुल्सका रूपमा मात्र नहेरी, यसलाई एक आवश्यक पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

‘प्रिक्साले नेपाललाई एउटा बजारका रूपमा मात्र नभई एउटा एक्सपेरिमेन्ट ल्याबको रूपमा हेर्छ, जहाँ धेरै पहिले नै बनिसक्नुपर्ने प्रणालीह हामी अहिले निर्माण गर्दै छौं,’ प्रिक्साका सीईओ मनीष शर्माले भने, ‘दैलो कृषि नेपालका ती थोरै टोलीमध्ये एक हो, जसले खाद्य सुरक्षा र विश्वासको समस्यालाई यसको जरैदेखि समाधान गर्न खोजिरहेको छ।’ 

दैलो कृषिका संस्थापक धीरज चापागाईंले प्रविधि र कृषि क्षेत्रमा आफ्नो लामो अनुभव लिएका छन् । उनको नेतृत्वमा दैलो कृषिले नेपालका विभिन्न कृषि सहकारीहरूसँग सहकार्य गरी उपभोक्तासम्म ‘ट्रेसिबल’ (उत्पादनको स्रोत खुल्ने) ताजा उपज पु¥याउँदै आएको कम्पनीले जनाएको छ ।

प्रिक्साका सीईओ मनीष शर्मा र धीरज चापागाईंबीच भएको सम्झौतासँगै नेपालको कृषि क्षेत्रमा खाद्य सुरक्षा, पहिचान र उपभोक्ताको आत्मविश्वास बढाउने एक नयाँ अध्यायको सुरुवात भएको दाबी गरिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully