उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन

सातौं वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका रूपमा सुरु भई अहिले उद्यम रूपान्तरणको एक रणनीतिक प्लेटफर्मका रूपमा विकसित भएको बैंकले जनाएको छ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Lakshmi Sunrise Bank supports enterprise innovation

काठमाडौँ — लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ अभियानअन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) नवप्रवर्तनको दायरा मजबुत बनाउन आद्यन्त एडभाइजर प्रालि र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमचाम नेपाल) सँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

सातौं वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका रूपमा सुरु भई अहिले उद्यम रूपान्तरणको एक रणनीतिक प्लेटफर्मका रूपमा विकसित भएको बैंकले जनाएको छ।

यस संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, एपीआई तथा होस्ट टू होस्ट कनेक्टिभिटीमार्फत उद्यमीहरूको सञ्चालन प्रणालीहरूमा बैंकिङ सेवा जडान तथा एकीकृत गर्ने तथा डिजिटल प्लेटफर्मलाई व्यावसायिक भुक्तानीको प्राथमिक माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बताइएको छ। 

समझदारीअन्तर्गत बैंकको उद्यम डिजिटलाइजेसन पहलबाट नवप्रवर्तनको विस्तार गर्दै प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार र विषयगत विशेषज्ञतासँग जोडी पुँजी उपलब्धताका लागि तयार पारिने बैंकको भनाइ छ ।  

कान्तिपुर

Link copied successfully