एनपीएलका चौकाबापत शैक्षिक सामग्री वितरण गर्दै एनसेल

यो वर्षको एनपीएलका क्रममा ९९ जना खेलाडीले कुल ६ सय ७ वटा चौका प्रहार गरेका थिए

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Ncell distributing educational materials for NPL Chowka

काठमाडौँ — एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका बेलामा जनाएको प्रतिबद्धताबमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दुई हजार चार सय २८ शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।

प्रत्येक चौकामा चारवटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चारवटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । गत वर्ष सुरु गरिएको यस पहलले क्रिकेटको उत्साहलाई अर्थपूर्ण शैक्षिक सहयोगसँग जोड्दै आएको एनसेलले बताएको छ ।

खेल मैदानमा प्रहार भएका चौकाले विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउँदै आएको एनसेलको भनाइ छ ।

‘यो वर्षको एनपीएलका क्रममा ९९ जना खेलाडीले कुल ६ सय ७ वटा चौका प्रहार गरेका थिए,’ एनसेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसका आधारमा दुई हजार चार सय २८ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको छ ।’ 

कान्तिपुर संवाददाता

Link copied successfully