यस वर्ष इन्टरनेसनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयको प्रतिष्ठित छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको कलेजले जनाएको छ।
What you should know
काठमाडौँ — इस्लिङ्टन कलेजले स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गर्दै ललितपुरस्थित द प्लाजामा दुईदिने दीक्षान्त समारोह सम्पन्न गरेको छ।
डिसेम्बर १५ र १६ मा आयोजित समारोहमा दुई विद्यार्थीले १ करोड ५० लाख रुपैयाँभन्दा बढी बराबरको अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गरेका छन्।
दीक्षान्त समारोहमा स्नातक तह अन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङ, कम्प्युटर नेटवर्किङ तथा आईटी सेक्युरिटी, मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन, इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, डिजिटल बिजनेस म्यानेजमेन्ट, एड्भर्टाइजिङ तथा मार्केटिङ र इभेन्ट्स एण्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थीहरू दीक्षित भए। स्नातकोत्तर तहमा एमएससी आईटी, एमबीए र एप्लाइड सेक्युरिटी कार्यक्रमका विद्यार्थीहरू सहभागी थिए।
समारोहका अवसरमा इस्लिङ्टन कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई प्रदान गर्दै आएको वार्षिक छात्रवृत्ति तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छ। यस वर्ष इन्टरनेशनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयको प्रतिष्ठित छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको कलेजले जनाएको छ। करिब १.५ करोड रुपैयाँभन्दा बढी बराबरको उक्त छात्रवृत्तिमा ट्युशन शुल्क, आवास खर्च र दुईतर्फी हवाई टिकटसमेत समावेश छन्।
त्यस्तै, इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति अम्स घिमिरे र आयेशा नकर्मीलाई प्रदान गरिएको छ। उनीहरूले इनोभेट नेपाल ग्रुपअन्तर्गतका कलेजहरूमा स्नातकोत्तर अध्ययन निरन्तरता दिने तथा समूहअन्तर्गतकै संस्थामा कार्य गर्ने अवसरसमेत पाउनेछन्।
समारोहमा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। एमबीएतर्फ आशुतोष राजभण्डारी, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ तथा आईटी सेक्युरिटीमा अम्स घिमिरे, मल्टिमिडिया टेक्नोलोजीमा साहस शाक्य, कम्प्युटिङमा क्षितिज श्रेष्ठ, अन्तिम वर्ष परियोजनातर्फ प्रशिदिका तिवारी, आर्टिफिसियल इन्टेलिजेन्स र मोबाइल एप्लिकेसन डेभलपमेन्टतर्फ क्रमशः प्रशिदिका तिवारी र प्रयत्न राजकर्णिकार, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशनमा अनुश नेपाल तथा अकाउन्टिङ एण्ड फाइनान्समा प्रतीक्षा गुरुङ सम्मानित भएका थिए।
२५ वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि, व्यवसाय प्रशासन तथा सम्बन्धित क्षेत्रमा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको इस्लिङ्टन कलेजले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सहकार्यमार्फत विश्वव्यापी प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादनमा जोड दिँदै आएको जनाएको छ।
