दुर्गमको विद्यालयलाई कम्प्युटर सहयोग

समुदायको अगुवाइमा मावि संचालन गरिएको विद्यालय बैंक प्रबन्धक रोहनकुमार विष्टले बताए ।

मंसिर २६, २०८२

तुलाराम पाण्डे

Computer assistance to remote schools

कालिकोट — दुर्गमको एक विद्यालयलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कम्प्युटरसहित शैक्षिक सामग्री सहयोग गरेको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका-८ स्थित मंगलासैनी मावि खिरचौका लालुलाई सामाजिक उत्तरदायित्व कोषबाट १ लाख ९५ हजार मूल्यको ४ थान कम्प्युटर र शैक्षिक सामग्री सहयोग गरिएको हो ।

समुदायको अगुवाइमा मावि संचालन गरिएको विद्यालय बैंक प्रबन्धक रोहनकुमार विष्टले बताए । उनले ८ वर्षदेखि कालिकोटमा शाखा खोलेर सेवा दिँदै आएको बैंकले विकट बस्तीको विद्यालयलाई कम्प्युटर शुक्रबार हस्तान्तरण गरेको जानकारी दिए । 

यसअघि गरिब तथा विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण गरेको बैंकले जनायो ।

२०४२ मा स्थापना भएको मंगलासैनी विद्यालय २०६८ देखि मावि बनेको हो । ३ सय ८५ विद्यार्थी रहेका विद्यालयमा बैंकले कम्प्युटर दिएपछि खुशी लागेको प्रधानाध्यापक पंखबहादुर विष्टले बताए । 

निजी स्रोतबाट मावि चलेको विद्यालयमा कम्प्युटर आएपछि पठनपाठन सहज हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमेश विष्टले बताए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully