डिजिटल रूपमा सक्रिय उपभोक्ताका लागि डिजाइन गरिएको यो कार्डमा इन्स्टन्ट एक्टिभेसन, रियल–टाइम कन्ट्रोल, उन्नत सुरक्षाजस्ता सुविधा छन्, जसले दैनिक भुक्तानीलाई अझ सरल र सहज बनाउँछन् ।
What you should know
काठमाडौँ — सिद्धार्थ बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको साझेदारीमा सिद्धार्थ फोनपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ ।
यसले ग्राहकलाई पूर्ण रूपमा डिजिटल, सुरक्षित र सजिलो क्रेडिट पहु“चको नयाँ युगमा प्रवेश गराएको बैंकको दाबी छ ।
यो कार्ड नेपाल प्रिमियर लिग (एनपीएल) को भव्य अनग्राउन्ड लन्चमार्फत सिद्धार्थ बैंकका उपमुख्य कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालद्वारा अनावरण गरिएको थियो, जसले देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरूमध्ये एकमा उल्लेखनीय दृश्यता प्रदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सिद्धार्थ बैंक अब नेपालकै पहिलो र एकमात्र पूर्ण रूपमा भर्चुअल क्रेडिट कार्ड आफ्नै मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराउने प्रमुख वित्तीय संस्थामध्ये एक बनेको विज्ञप्तिमा जनाइएको छ ।
‘सिद्धार्थ फोनपे क्रेडिट कार्डले प्रयोगकर्ताहरूलाई देशभरका १ दशमलव ८ मिलियन फोनपे क्यूआर व्यापारीमा छिटो, सुरक्षित र कन्ट्याक्टलेस भुक्तानी गर्न सुविधा प्रदान गर्छ, जसका लागि कुनै पनि फिजिकल कार्ड आवश्यक पर्दैन,’ विज्ञप्तिमा भनिएको छ ।
डिजिटल रूपमा सक्रिय उपभोक्ताका लागि डिजाइन गरिएको यो कार्डमा इन्स्टन्ट एक्टिभेसन, रियल–टाइम कन्ट्रोल, उन्नत सुरक्षाजस्ता सुविधा छन्, जसले दैनिक भुक्तानीलाई अझ सरल र सहज बनाउँछन् ।
सिद्धार्थ बैंक र फोनपेका तर्फबाट नयाँ प्रयोगकर्ताका लागि विशेष लन्च अफरका रूपमा ५० प्रतिशत क्यासब्याक (अधिकतम ७ हजार ५ सय प्रदान गरिने बैंकले जनाएको छ ।
‘हामी सिद्धार्थ बैंकलाई फोनपे क्रेडिट कार्ड इकोसिस्टममा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी छौं,’ फोनपे पेमेन्ट सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले भने, ‘यो उत्पादनले नेपालीहरूले क्रेडिट प्रयोग गर्ने तरिकामै रूपान्तरण ल्याउने उद्देश्य राख्दछ ।’
यो कार्ड अब सिद्धार्थ बैंकका ग्राहकका लागि मोबाइल बैंकिङ एपमार्फत उपलब्ध छ ।
