विश्व बाल दिवसमा गोल्यान ग्रुपको 'किड्स प्ले-डेट'

विश्व बाल दिवसको अवसरमा गोल्यान ग्रुपले बिहीबार जेन-जी सहिद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट’ कार्यक्रम आयोजना गरेको छ ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

Golyan Group's 'Kids Play-Date' on World Children's Day

What you should know

काठमाडौँ — विश्व बाल दिवसको अवसरमा गोल्यान ग्रुपले बिहीबार जेन-जी सहिद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट’ कार्यक्रम आयोजना गरेको छ । धुम्बाराहीको ऊप्स नेपाल फनपार्कमा आयोजित कार्यक्रममा सहिद परिवारका बालबालिका र उनीहरुका अभिभावक सहभागी थिए ।

गोल्यान ग्रुपले गत असोज २४ मा सहिद परिवारका बालबालिकाका लागि शैक्षिक वृत्ति योजना घोषणा गरेको थियो । योजनाअन्तर्गत हालसम्म २७ जना बालबालिकालाई १२ कक्षासम्मको शैक्षिक खर्च व्यहोर्नका लागि अभिभावकसँग समझदारी गरिएको छ ।

बिहीबारको कार्यक्रममा शैक्षिक वृत्ति योजनामा सामेल काठमाडौंमा रहेका सहिद परिवारका बालबालिका तथा अभिभावक सहभागी थिए । बालबालिकाहरुले ऊप्सको फनपार्कमा विभिन्न मनोरन्जनात्मक तथा बौद्धिक गेम खेलेर आनन्द लिएका थिए ।  

‘नयाँ परिवार’ का सदस्यबीच परिचय आदानप्रदान गर्ने उद्देश्यले जमघट आयोजना गरिएको गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यानले बताए । ‘हाम्रो नयाँ परिवार साझा प्रतिवद्धता र उद्देश्यले एकतावद्ध भएको हो,’ उनले भने, ‘यस्तो परिवार, जहाँ प्रत्येक बालबालिकाको अधिकारको सम्मान, उनीहरुको कदर र संरक्षण गरिन्छ ।’ बालबालिकाको हित र विकासमा मात्र देशको समृद्धि संभव हुने भएकाले उनीहरुको स्वतन्त्रता, खुसी र अवसरको अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए ।

गोल्यान ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले विश्व बाल दिवसको अवसर पारेर बालबालिकाहरुको अधिकारको सम्मान र संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बताइन् । बालबालिकाको खुसीमा उनीहरूको सबैखाले विकासका आयामहरू जोडिएका हुन्छ्न, समाजको समृदिको मार्ग पनि यसबाटै सुरु हुन्छ उनले भनिन, `आजको किड्स प्लेडेट यसकै लागि गरिएको हो ।´

गोल्यान ग्रुपले जेन–जी सहिद परिवारका बालबालिकाको लागि कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा अभिभावकसँग समझदारीपत्रमा हस्ताक्षर भई दोस्रो चरणमा विद्यालय, अभिभावक र गोल्यान ग्रुपबीच त्रिपक्षीय सम्झौता गर्ने प्रक्रिया सुरु भएको छ ।

कान्तिपुर

Link copied successfully