लेम्फी र ई–सेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सम्झौता

यससँगै लेम्फीमार्फत नेपाल, अफ्रिका, एसिया, ल्याटिन अमेरिका, युरोपका देशहरूमा पैसा पठाउन पाइने भएको छ ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Remittance transaction agreement between Lemfi and E-Sewa Money Transfer

काठमाडौँ — लेम्फीका रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न डिजिटल भुक्तानी प्लेटफर्म, ई–सेवा मनी ट्रान्सफरसँग साझेदारी गर्ने भएको छ । नेपालको राष्ट्र बैंकले सम्झौता अनुमोदन गरेसँगै दुवैलाई रेमिट्यान्सको क्षेत्रमा सहकार्य गर्न बाटो खुला भएको हो ।

यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायतसहित) का नागरिकलाई कम लागत, भरपर्दो र प्रतिस्पर्धी अन्तर्राष्ट्रिय भुक्तानी सेवाहरू प्रदान गर्न लेम्फीलाई सक्षम बनाउने विश्वास लिइएको छ । यससँगै लेम्फीमार्फत नेपाल, अफ्रिका, एसिया, ल्याटिन अमेरिका, युरोपका देशहरूमा पैसा पठाउन पाइने भएको छ ।

देशको आर्थिक समृद्धिमा रेमिट्यान्सले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । एक विश्वसनीय वित्तीय सेवा प्रदायकसँगको यो साझेदारीले सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको छ ।

‘नेपाली आप्रवासीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसाथ जुटेको यो समझदारीलाई नेपालले स्वीकृति प्रदान गरेकामा हामी खुसी छौं,’ लेम्फीका दक्षिण एसिया प्रमुख मुहम्मद दैयान आलमले भने, ‘नेपाल दक्षिण एसियामा धेरै रेमिट्यान्स प्रवाह गर्ने राष्ट्रमध्ये अग्रपङ्क्तिमा पर्छ । हामी ग्राहकहरू साथै उनीहरूका लाभार्थीहरूलाई पहुँचयोग्य र निष्पक्ष वित्तीय सेवाहरू प्रदान गर्ने हरेक अवसरलाई स्वागत गर्दछौं ।’

कान्तिपुर

Link copied successfully