श्‍लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्‍लोकमा प्रयोग हुने मदिराको विकासमा करिब पाँच वर्षको समय र ४०० भन्दा बढी नमुना परीक्षण गरिएको कम्पनीले जनाएको छ ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Shlok Himalayan Premium Whisky in the market

काठमाडौँ — हिमालयन डिस्टिलरीको ‘श्‍लोक हिमालयन प्रिमियम ह्विस्की’ सार्वजनिक भएको छ । हाललाई काठमाडौंका प्रमुख स्टोरहरुमा नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार व्हिस्की उत्कृष्ट शिल्पकौशलको प्रतीक हो । क्वेरकस आल्बा काठका ब्यारेलमा परिपक्व गरिएको  ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र स्मोकी फ्लेभरको स्वाद र सुगन्धको सन्तुलित मिश्रण पाइन्छ । 

श्‍लोकमा प्रयोग हुने मदिराको विकासमा करिब पाँच वर्षको समय र ४०० भन्दा बढी नमुना परीक्षण गरिएको कम्पनीले जनाएको छ । अहिले ७५० मिलीलिटर, १८० मिलीलिटर र ९० मिलीलिटर गरी तीन वटा साइजमा उपलब्ध छ । यसको मूल्य क्रमश: २,८६०, ७१५ र ३६० रुपैयाँ छ । 

कान्तिपुर

Link copied successfully