ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
काठमाडौँ — एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले प्यान नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।
बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप 'एनआइसी एसिया मोबैंक' मा रहेको 'प्यान अपडेट' विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछ । ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई करकट्टीको विवरण ईटीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक छ । उक्त प्यान अद्यावधिक भएपश्चात् करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।
बैंकका ग्राहकले आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ एप 'एनआइसी एसिया मोबैंक' मा रहेको 'माई प्रोफाइल' मा ट्याप गरी 'चेन्ज इमेल' छनोट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सकिने जनाएको छ ।
