ताइवानमा भएको सम्मेलनमा आइस्पानलाई साइबर सुरक्षा अवार्ड

ताइवानमा भएको ‘एसिया-प्यासिफिक काउन्सिल फर इन्फर्मेसन टेक्नोलोजी’ नामक डिजिटल सम्मेलनमा नेपालको इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन, आइस्पानले ‘साइबर सुरक्षा अवार्ड २०२५’ प्राप्त गरेको छ ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

ISPAN wins cybersecurity award at conference in Taiwan

काठमाडौँ — यस अन्तर्राष्ट्रिय अवार्डले नेपालमा डिजिटल सुरक्षा सुदृढीकरण र साइबर सुरक्षाको क्षेत्रमा आइस्पानले गरेको प्रयासको सम्मान गरेको आइस्पानले जनाएको छ । पछिल्ला वर्षमा डिजिटल संरचना सुरक्षित बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै संघको दाबी छ । 

आइस्पानले सञ्चालन गरेका राष्ट्रिय साइबर ड्रिल कार्यक्रम, इन्टरनेट राउटिङ सुरक्षाको कार्यान्वयन, सार्वजनिक-निजी क्षेत्रबीचको साइबर सुरक्षा समन्वय ढाँचा, राष्ट्रिय साइबर सुरक्षा नीतिमा योगदान तथा अनलाइन बालसुरक्षा तथा सचेतना अभियानजस्ता पहलहरूले नेपालको डिजिटल सुरक्षामा महत्त्वपूर्ण प्रभाव पारेको बताइएको छ ।

उक्त सम्मेलनमा दक्षिण कोरियाको मार्कएनी, थाइल्यान्डको ब्यांकक एयरवेज र श्रीलंकाको फाइनान्सियल सेक्टर सीसर्ट पनि साइबर सुरक्षामा उल्लेखनीय योगदानका लागि पुरस्कृत भएका छन् ।

कान्तिपुर

Link copied successfully