एनसेलको डेटा प्याक लिनेलाई मेटलाइफको बिमा सुरक्षा

यस सेवाअन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजमध्ये कुनै एक रोजेर बिमाको फाइदा लिन सक्छन् ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

MetLife's insurance protection for those who buy Ncell's data packs

काठमाडौँ — एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक योजना सुरु भएको छ । यस सेवाअन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजमध्ये कुनै एक रोजेर बिमाको फाइदा लिन सक्छन् ।

यसमा डेटा प्रयोगसँगै बिमा सुविधा पनि प्राप्त हुन्छ । पहिलोमा करसहित ९९ रुपैयाँको प्याक रहेको एनसेलले जनाएको छ । जम्मा ३ दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, २ लाख रपैयाँ बराबरको म्यादी जीवन बिमा र २ लाख रुपैयाँ बराबरको घातक रोग बिमा पाइन्छ । यो बिमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।

दोस्रोमा ३९ रुपैयाँको प्याक रहेको छ । यो प्याकमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा, ५० हजार रुपैयाँ बराबरको म्यादी जीवन बिमा र ५० हजार रुपैयाँ बराबरको घातक रोग बिमा पाउँछन् । यो बिमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।

'ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बिमाका लागि एउटा फाराम भरेर यी दुईमध्ये एक प्याक लिन सक्छन्,'  विज्ञप्तिमा भनिएको छ, 'यी प्याकहरु *१२३*४*६# डायल गरेर पनि लिन सकिन्छ । प्याक लिएका ग्राहकहरुको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउनेबित्तिकै तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतीक्षा अवधिपछि सक्रिय हुन्छ ।' 

कान्तिपुर

Link copied successfully