लुम्बिनी आउँदै विश्वप्रसिद्ध पाँचतारे चेन होटल क्राउन प्लाजा

२०८१ मघ २४ मा सुभाष अमात्य समूहले लुम्बिनीमा अवस्थित होटल पवन प्यालेस प्रालि किनेर त्यसलाई क्राउन प्लाजामा रुपान्तरण गर्न लागेको हो ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

World-famous five-star chain hotel Crowne Plaza coming to Lumbini

काठमाडौँ — विश्वप्रसिद्ध पाँचतारे अन्तर्राष्ट्रिय चेन होटल समूह आईएचजीको क्राउन प्लाजा लुम्बिनीमा आउने भएको छ ।

२०८१ मघ २४ मा सुभाष अमात्य समूहले लुम्बिनीमा अवस्थित होटल पवन प्यालेस प्रालि किनेर त्यसलाई क्राउन प्लाजामा रुपान्तरण गर्न लागेको हो ।  

लुम्बिनी धार्मिकस्थालबाट १.९ किमि तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किमि दूरीमा होटल छ । २०७८ सालमा पवन प्यालेस इन्टरनेसनलको नाममा व्यावसायिक सञ्चालन सुरु भएको होटलमा १४७ डिलक्स तथा स्विट रुम रहेको होटलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  

होटल व्यवस्थापनसम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष सुभाष अमात्य र साउथ वेस्ट एसिया, आईएचजी होटल्स एन्ड रिसोर्टका तर्फबाट प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरे । अत्याधुनिक पाँचतारे होटल तथा क्यासिनो आगामी ८ महिनाभित्रमा पूर्ण रुपमा सञ्चालनमा आउने विज्ञप्तिमा उल्लेख छ । 

चालु आर्थिक वर्षभित्रमा होटलले सार्वजनिक सेयर निष्कासन गर्नेसमेत बताएको छ ।  

कान्तिपुर

Link copied successfully