प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अभिकर्ता लिडरलाई तालिम

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले भने, 'समय समयमा आयोजना हुने यस प्रकारका स्तरीय तालिमहरूले अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।'

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Prabhu Mahalaxmi Life Insurance's agent leaders trained

काठमाडौँ — प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रम चितवनस्थित सौराहामा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस तालिममा अभिकर्ता लिडरहरूको पेसागत सीप अभिवृद्धिमा ध्यान दिइएको थियो।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले भने, 'समय समयमा आयोजना हुने यस प्रकारका स्तरीय तालिमहरूले अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।'

यी तालिमहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अभिकर्ताको पहिचान बनाउनमा सहयोग पुर्‍याउने उनले बताए ।कार्यक्रममा २ सयभन्दा बढी अभिकर्ता लिडरहरूको उपस्थिति थियो। तालिमका दौरान बिमा बिक्री कलामा दक्षता अभिवृद्धि, सांगीतिक साँझ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरिएको थियो।

अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक अरनिको सिंहको 'द आर्ट अफ सेलिङ' तालिमले अभिकर्ता लिडरहरूको उत्साह र जोशलाई थप प्रेरित गरेको छ।

कान्तिपुर

Link copied successfully