सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

A proposal to distribute 10.53 percent dividend by Siddharth Bank

काठमाडौँ — सिद्धार्थ बैंकको ४६१औं सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो।

बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ८ करोड ८९ लाख ८० हजार १ सय ९० रुपैयाँमा ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बोनस सेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार ९ सय ५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने बैंकले जनाएको छ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा २८ करोड रुपैयाँ अर्थात् ९.३० प्रतिशतले वृद्धि भएको हो। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ।

कान्तिपुर

Link copied successfully