एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने

२०८२ असारसम्म ८ लाख डिम्याट खाता सञ्चालनमा रहेको क्यापिटलले म्युचुअल फन्ड सेवा अन्तर्गत ४ वटा बन्दमुखी र १ वटा खुलामुखी योजना गरी जम्मा ५ योजनामार्फत ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिरहेको जनाएको छ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

NIC Asia Capital will distribute 50 percent cash dividend

काठमाडौँ — एनआईसी एशिया क्यापिटल लिमिटेडले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।क्यापिटलको नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्दै चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार राठीका अनुसार २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरी ११ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ।

२०८२ असारसम्म ८ लाख डिम्याट खाता सञ्चालनमा रहेको क्यापिटलले म्युचुअल फन्ड सेवा अन्तर्गत ४ वटा बन्दमुखी र १ वटा खुलामुखी योजना गरी जम्मा ५ योजनामार्फत ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिरहेको जनाएको छ।

लगानी व्यवस्थापन सेवाअन्तर्गत ७२० जना ग्राहकबाट २ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन भइरहेको कम्पनीले जनाएको छ। त्यस्तै, शेयर रजिष्ट्रार सेवाअन्तर्गत २३ वटा कम्पनीलाई सेवा दिइरहेको र ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत १७ वटा कम्पनीको निष्कासन कार्य सम्पन्न भएको क्यापिटलले जनाएको छ।

कान्तिपुर

Link copied successfully