साझेदारीमार्फत सिटीपे वालेट प्रयोगकर्ताले अब फोनपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्यूआर नेटवर्कमा पहुँच पाउनेछन् । जसअन्तर्गत उनीहरूले देशभर १७ लाखभन्दा बढी व्यापारी आउटलेटमा भुक्तानी गर्न सक्नेछन् ।
What you should know
काठमाडौँ — नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले आधिकारिक रूपमा सिटीपेलाई आफ्नो पारिस्थितिकी प्रणालीमा एकीकृत गरिएको दशौँ डिजिटल वालेटको रूपमा स्वागत गरेको छ । यस उपलब्धिले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानी वातावरण निर्माण गर्ने फोनपेको दृष्टिलाई अझ बलियो बनाएको छ।
साझेदारीमार्फत सिटीपे वालेट प्रयोगकर्ताले अब फोनपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्यूआर नेटवर्कमा पहुँच पाउनेछन् । जसअन्तर्गत उनीहरूले देशभर १७ लाखभन्दा बढी व्यापारी आउटलेटमा भुक्तानी गर्न सक्नेछन् ।
हाल फोनपे नेटवर्कले ६० भन्दा बढी बैंक र वित्तीय संस्थालाई जोडेका छन्। बढ्दो संख्यामा वालेट साझेदारलाई पनि समेट्दै आएको यस नेटवर्कले लाखौँ प्रयोगकर्तालाई सुरक्षित र तत्काल डिजिटल कारोबारको सुविधा दिँदै आएको छ ।
सिटीपेलाई स्वागत गर्दै, फोनपेले वित्तीय समावेशीकरणलाई थप मजबुत बनाउने र नेपालभर नगदरहित कारोबार प्रवर्द्धन गर्ने आफ्नो भूमिकालाई सुदृढ बनाएको छ ।
'हाम्रो पारिस्थितिकी प्रणालीमा सिटीपे स्वागत गर्नु हाम्रो यात्रामा एक महत्वपूर्ण कदम हो। प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई अझ बलियो, समावेशी र नेपाली जनताको लागि मूल्यवान् बनाउँछ,' फोनपेका सीइओ दिवस कुमारले भने, 'हाम्रो उद्देश्य केवल वालेट र बैंकलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्ति र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउनु हो।'
यो साझेदारी केवल प्रविधिबारे नभई लाखौँ रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउनेबारे रहेको सिटीपेका सीइओ विनय रेग्मीले बताए । 'सिटीपे र फोनपे सँगै प्रयोगकर्ता र व्यापारीलाई सहज, सुरक्षित र तत्काल कारोबार गर्न सक्षम बनाउनेछन्। यो एकीकरणले देशभरका ग्राहकलाई सहज र भरपर्दो भुक्तानी अनुभव सुनिश्चित गर्ने अपेक्षा गरिएको छ,' उनले भने ।
यस महत्वपूर्ण साझेदारीलाई विशेष बनाउन सिटीपेले आफ्ना ग्राहकका लागि फोनपे नेटवर्कमार्फत हुने क्यूआर कारोबारमा आधारित पर्व–अभियान घोषणा गरेको छ। २०२५ सेप्टेम्बर २ देखि नोभेम्बर २ सम्म सिटीपे वालेट प्रयोगकर्ताले प्लेटफर्ममार्फत गर्ने प्रत्येक कारोबारले स्वचालित रूपमा भाग्यशाली चिट्ठामा प्रवेश पाउनेछन्। अभियान अवधिभर दुई विजेताले सामसङ ब्रान्डका दुईवटा टेलिभिजन प्राप्त गर्नेछन्। विजेता मासिक रूपमा घोषणा गरिनेछ।
यसबाहेक, सिटीपेले ५०० रुपैयाँभन्दा माथिको प्रत्येक क्यूआर कारोबारमा २० रिवार्ड पोइन्ट उपलब्ध गराउने जनाएको छ। कम्पनीको नीतिअनुसार ती पोइन्टलाई लाभग्राहीले नगद वा वस्तुको रूपमा रूपान्तरण गर्न सक्नेछन्।
