सुरु भयो इलेक्ट्रोनिक्स प्रदर्शनी

स्वदेशी तथा विदेशी कम्पनीहरूले उच्च गुणस्तरका विद्युतीय सामग्री प्रदर्शनीमा राखेका छन् । प्रदर्शनी भदौ १५ सम्म सञ्चालन हुनेछ ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

The electronics exhibition has started

काठमाडौँ — नेपाल इलेक्ट्रिक पावर एन्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शुक्रबार भृकुटीमण्डपमा प्रदर्शनीको उद्घाटन गरे ।

स्वदेशी तथा विदेशी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहको प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामाग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङका सामाग्री, तार, केबुल एवं कन्डक्टर, स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेसन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीहरू अवलोकनका लागि राखिएको छ ।

मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीको सहयोगी संस्था नेपाल विद्युत् प्राधिकरण तथा नेपाल सौर्य विद्युत् उत्पादक संघ रहेका छन् ।

उद्घाटन समारोहमा मन्त्री भण्डारीले नेपालमा उत्पादित विद्युत् तथा विद्युतीय सामाग्रीहरूको निर्यातमा अपार सम्भावना रहेको बताए । उनले नेपालमा पनि ऊर्जा तथा ऊर्जासँग सम्बन्धित उत्पादनहरूको सम्भावना राम्रो रहेको धारणा राखे । प्रदर्शनी भदौ १५ सम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । 

कान्तिपुर

Link copied successfully