सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकतामा छलफल गरियो ।
काठमाडौँ — सिटिजन्स बैंकले गण्डकी, कर्णाली र सुदूरपश्चिममा ‘इन्स्पाएरिङ लिडरसिप एन्ड पर्फमेन्स सेमिनार : अचिभिङ बजेट गोल्स एन्ड अपेरेसनल सक्सेस इन गण्डकी, कर्णाली एन्ड सुदूरपश्चिम’ कार्यक्रम गरेको छ ।
सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकतामा छलफल गरियो । सेमिनारमा सिटिजन्स बैंकले २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको दाबी गरियो ।
समीक्षा अवधिमा बैंकको कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । यसअघि २०८०/८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो ।
