अलिपे+ अब फोनपे नेटवर्कमा

फोनपेले अलिपे+ सँग साझेदारी गरेको छ । काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममार्फत साझेदारीको शुभारम्भ गरेको हो ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Alipay+ now on PhonePay network

काठमाडौँ — फोनपेले अलिपे+ सँग साझेदारी गरेको छ । इन्टरअप्रेबल क्यूआर नेटवर्कमार्फत अन्तरदेशीय भुक्तानी स्वीकृत भएसँगै नेपालको डिजिटल रूपान्तरण र अन्तरदेशीय व्यापार–व्यवसायतर्फको यात्रामा नयाँ अध्याय थपिएको कम्पनीले जनाएको छ ।

‘काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममार्फत यस साझेदारीको शुभारम्भ गरियो,’ फोनपेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यससँगै चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, जर्मनी, इटालीलगायत ११ भन्दा बढी देशका अन्तर्राष्ट्रिय पर्यटकले आफ्नो परिचित होम ई–वालेट— जस्तै अलिपे, काकाओपे, जीक्यासलगायत प्रयोग गरी नेपालमा सजिलै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।

‘यी भुक्तानी सुविधा नेपालभरका १७ लाखभन्दा बढी फोनपे क्यूआर–सक्षम व्यवसायीमा उपलब्ध हुनेछ, जसले पर्यटकहरूलाई नगद बोकेर हिँड्नुपर्ने वा मनी एक्सचेन्ज खोज्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज, सुरक्षित र सुविधाजनक अनुभव दिनेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘फोनपे र अलिपे+ बीचको यो सहकार्य केवल वित्तीय कारोबारमै सीमित छैन, यसले नेपाल र एसिया–प्रशान्त क्षेत्रबीचको सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउनेछ ।’

कान्तिपुर संवाददाता

Link copied successfully