इम्बार्क कलेजको वर्क–स्टडी पहल कार्यक्रम घोषणा

यी कार्यक्रमले स्नातकहरूले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्ने इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले जनाए ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Announcing Embark College's Work-Study Initiative Program

काठमाडौँ — इम्बार्क कलेजले व्यावहारिक सीप तालिम र नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रम घोषणा गरेको छ ।

नेपालका भविष्यका व्यावसायिक नेतृत्व विकास गर्न, रोजगारी सुनिश्चित गर्न र उद्यमशीलता प्रवद्र्धन गर्न यी कार्यक्रम घोषणा गरिएको कलेजले जनाएको छ ।

यी कार्यक्रमले स्नातकहरूले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्ने इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले जनाए ।

‘हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर नेपालमा करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छौं,’ उनले भने ।

यी कार्यक्रमले नेपालका प्रमुख तथा नवीन उद्योग र उद्यमसँगको साझेदारीमार्फत योग्य स्नातकहरूलाई रोजगारी सुनिश्चित गर्ने उनको भनाइ छ । कलेजले सुरु गरेको स्टार्टअप क्षमता विकास कार्यक्रमले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय चलेका र वार्षिक कारोबार १५ करोडभन्दा कम भएका नवप्रवर्तन व्यवसायहरूलाई लक्ष्य गरेको पनि बताइएको छ ।

यस कार्यक्रमले नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी नवप्रवर्तनशील व्यवसायहरूलाई सहयोग प्रदान गर्ने कलेजले जनाएको छ ।

कान्तिपुर

Link copied successfully